गुप्तेश्वर क्याम्पसको १७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
गुप्तेश्वर क्याम्पसको वार्षिकोत्सव सम्पन्न रमेश पोख्रेल माघ ५/ पोखरा
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखराको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गरेका थिए ।
मन्त्री थापाले संघिय सरकारको शिक्षा नीति आए सँगै प्रदेश सरकारको समेत शिक्षा नीति तयार हुने र उक्त शिक्षा नीतिले विद्यार्थी पलायन रोक्ने, विद्यार्थीले पढ्दै कमाउदै गर्ने व्यवस्था, जिवन उपयोगी एवम् सिपमुलक शिक्षा तथा उच्च शिक्षालाई समेत ध्यान दिने कुरामा जोड दिए । साथै क्याम्पसले नयाँ नयाँ अभ्यास गरेको , पुस्तकालय, ल्याबहरु गण्डकी प्रदेशमै उत्कृष्ट रहेकोक्याम्पसको देख्दा आफु खुसी भएको कुरा व्यक्त गरे ।
त्यसै गरि कार्यक्रमा विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले पोखरा पर्यटन क्षेत्र भएको र वी.एच.एम. कार्यक्रमबाट उत्पादन भएका जनशक्तिले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने कुरा बताए । शैक्षिक गुणस्तरका लागी विद्यार्थीलाई नैतिक, सामाजिक तथा सांस्कारिक शिक्षा दिएर जनशक्ति उत्पादन गरि अगाडि बढ्नु पर्ने बताए ।
त्यस्तै अर्का विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले शिक्षा नीति लिने बेलामा संयम भएर लिनु पर्ने र अब बोल्ने होइन गर्ने बेला भएको बताए । अब प्रदेशमा समेत शिक्षाको बजेट बारेमा गम्भिर भएर छलफल गरेका छौ । प्रदेशको उच्च शिक्षा नीति हाल सम्म पनी नभएकाले उच्च शिक्षाको लागि प्रदेशले काम गर्न बाँकी रहेको बताए । विश्वविद्यालय अनुदान आयोग, क्यू.ए.ए. डिभिजनका विज्ञ प्रा.डा. प्रदिपचन्द्र गौतमले जव सम्म शिक्षाको विकास हुदैन त्यहाँ देशको विकास हुदैन । हाम्रो देशमा शिक्षाको विकास के हो भन्ने विषयमा अन्यौल रहेरनै हामी पछि परेकोमा दुख व्यक्त गरे ।
कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसले हरेक कार्यक्रममा नयाँ पन र सिर्जनात्मक किसिमका कार्यहरु गरेको बताए । क्याम्पसको आजसम्मको प्रगतिमा अग्रजहरुको महत्वपूर्ण योगदान रहेको र विद्यार्थीका भोलिका दिनहरु सफल बनाउन क्याम्पस परिवार लागेको र उज्जवल भविष्यको लागि सन्चालक समिति कटिवद्ध भएर लाग्ने कुरामा जोड दिदै क्याम्पस प्रदेशमै उत्कृष्ट भएको र अब देशमै उत्कृष्ट हुन लागी पर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख संरक्षक सस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले क्याम्पसको विकासका लागि गुफा व्यवस्थापन समिति सदैव साथ रहेको र क्याम्पसलाई शैक्षिक केन्द्रको रुपमा विकसित बनाउदै लानु पर्ने बताए ।
त्यस्तै शुभकामना मन्तव्य राख्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. हरि पाठकले क्याम्पस प्रमुखको प्रतिवेदनबाट क्याम्पसले शैक्षिक उन्नयन गरेको कुरामा खुसी व्यक्त गरे । पोखरा १७ का वडा अध्यक्ष श्री राधिकाकुमारी शाहीले स्थानीय स्तरमा रहनुभएका अग्रजहरुको मेहेनतले आज क्याम्पस गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएकोमा खुसी व्यक्त गरीन् ।
क्याम्पसको निवर्तमान अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शिक्षक तथा कर्मचारीको वृति विकास गर्न सके क्याम्पसको प्रगतिको हुने कुरामा जोड दिए । क्याम्पसमा सञ्चालित वी.एच.एम. कार्यक्रम गण्डकि प्रदेशमै सामुदायिक क्याम्पसको एकमात्र क्याम्पस भएकाले प्रदेश सरकारले अपनत्व लिनु पर्ने बताए । क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने विषयमा जोड दिदै राज्यमा देखिएको युवा पलाएन रोक्न आवश्यक नीति लिनु पर्ने धारण व्यक्त भएको थियो।
कार्यक्रममा गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले क्याम्पसमा रोजगार मुलक तथा प्राविधिक विषयका कार्यक्रमहरु थप गर्दै जानु पर्ने तथा दिक्षित विद्यार्थीको लागि रोजगारमुलक तालिमहरुको व्यवस्था गर्नुपर्ने विषयमा प्रकाश पारे ।
त्यसै गरी आदिकवी भानुभक्त क्याम्पस तनहुँका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पस बनाउन गासँ काटेर लागेका, अक्षयकोष स्थापना गरेका महानुभावहरुको भावना बमोजिम नेपालमा संविधान नीति नियम बन्न नसकेको ,सामुदायिक क्याम्पसलाई संघिय वा प्रदेश सरकारले जिम्मा लिन नसकि वेवारीसे छोडेको कुरा राख्नु भएको थियो । राज्यमा आंगिक क्याम्पस भन्दा सामुदायिक क्याम्पस धेरै छन्, देशको लागि धेरै जनशक्ति सामुदायिक क्याम्पसले उत्पादन गरेको तर राज्य अनुदार भएको बताउनु भएको थियोे ।
सो क्याम्पसका प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु रहेको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले राखेका थिए ।कार्यक्रममा क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति तथा सस्थाहरु ,प्राध्यापक एबम कर्मचारी , विभिन्न बिधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु लाई समेत सम्मान साथै पुरस्कृत समेत गरिएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।