जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

६० लाख रुपैयाँको बैंक ग्यारेन्टी दिएर थुनामुक्त भए रवि, देशमा न्याय नमरेको प्रतिक्रिया

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका थिए ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

भर्खरै अदालत परिसरबाट बाहिरिएका लामिछानेले न्यायिक प्रक्रियालाई आफूले सघाउने  र अदालतबाट स्वच्छ न्याय पाउनेमा विश्वस्त रहेको बताए । अदालतबाट छुटेपछि सञ्चारकर्मीलाई धन्यवाद भन्न अदालत अघिको प्रवेशद्वारमा आएका लामिछानेले भने, ‘अदालत र न्यायिक प्रक्रिया प्रति मेरो उच्च सम्मान  छ,’ लामिछानेले थपे,‘ यहाँहरु सबैलाई धन्यवाद ।’ धरौटी रकम बुझाएर लामिछाने लामिछाने घरतर्फ लागेका हुन् ।