जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलको मुल्य लिटरमा २ डिजेलको मुल्य लिटरमा ४ रुपैयाँले बढ्यो

जन्मभुमि खबर,
पोखरा ।

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ  । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो ।