जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोल्पामा पर्खाल भत्किदा पाँच जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि निर्माण गरिएको पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीका अनुसार झोलुंगे पुलको पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।

घटनामा परेर दुई महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।