जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वडीआईजी जोशी गण्डकी मेडिकल कलेजमा भर्ना , रविले मानेनन्

जन्मभुमि खबर,

पोखरा ।

 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहीबार स्वास्थय जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो । त्यस्तै कास्की हिरासतमै रहेका रवि लामिछानेको पनि पछिल्लो समय उच्च रक्तचाप देखिएका कारण प्रहरीले अस्पताल जानका लागि अनुरोध गरेको तर रवि लामिछानेले इन्कार गरेको बताइएको छ । ‘छविलाल जोशीलाई अस्पताल लाने क्रममा रवि लामिछानेलाई पनि लैजानका लागि प्रहरीले सोधेको थियो तर उहाँले मान्नुभएन ।’, एक प्रहरी अधिकृतले भने, ‘भित्र केही समस्या आएपनि मेरो मुटु दह्रो छ, म हिरासतमै आराम गर्छु भनेपछि प्रहरीले छविलाल जोशीलाई मात्र अस्पताल लगेको हो ।