जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज अदालत पेस गरिदै

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज (आइतबार) अदालत पेस गरिँदै छ ।

तेस्रोपटक कात्तिक २० गते अदालत उपस्थित गराई तिहार बिदासमेत गणना गरी थपिएको १० दिनको म्याद पनि कात्तिक २४ गते (शनिबार) सकिएकाले चौथोपटक हिरासत लम्ब्याउन आज रविलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको हो।

‘अनुसन्धान भनेको क्रमबद्ध हुन्छ, हतारमा गर्ने कुरा भएन, रातभर नसुतेर काम गरिएको छ’, कास्की प्रहरीका एक अधिकृतले भने छन्, ‘अनुसन्धान नसकिँदै छाड्ने कुरा भएन, हामीले अदालतसँग अनुमति माग्ने हो, सम्मानित अदालतबाट जस्तो आदेश आउँछ, त्यस्तै हुन्छ ।’

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याएका रविविरुद्ध हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग छ ।