मानव तस्करीमा मुछिएका कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ ,काठमाडौं पठाउने तयारी
जन्मभुमि खबर ,
पोखरा ।
मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार मोरङमा नियन्त्रणमा लिएको छ । आइतबार आफैँ प्रहरीसमक्ष उपस्थित हुने तयारी रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई विराटनगरबाट काठमाडौं पठाउने तयारी गरिरहेको छ ।
प्रहरीका अनुसार उनलाई विराटनगरबाट यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं पठाउने तयारी भएको छ । उनलाई १ः५० बजेको उडानबाट काठमाडौं पठाउने तयारी भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
मन्त्रीका हैसियतमा जापान भ्रमण गर्दा उनले आफूसँगै केही व्यक्तिहरूलाई लगेको आरोप उनीमाथि छ । जापानले उनलाई र उनीसँगै गएका व्यक्तिलाई डिपोर्ट गरेपछि यो विषय सार्वजनिक भएको थियो ।
अनुमति नै नलिई उनी जापान भ्रमणमा निस्केपछि उनले मन्त्रीबाट समेत राजीनामा दिनुपरेको थियो भने एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । अधिकारीसँगै जापान पुगेका तीन जना र अन्य तीन जना अहिले प्रहरी हिरासतमा छन् ।