जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध प्रदर्शनमा सहभागी नभएका रास्वपाको नेता कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै चिया पिएर बसिरहेकै अवस्थामा रास्वपाका ४ जना कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।
उनका अनुसार रास्वपाको र्याट विभागका आशिष थापा, प्रेम थापा, तेज अर्याल र साजनलाई पक्राउ गरेको हो । सभापति लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगेको छ । अहिले इजलासमा बहस चलिरहेको छ । बाहिर प्रदर्शन चर्कने भयले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको रास्वपाको नेताहरुले जनाएका छन् ।
पोखराको जिरो किमि अहिले रास्वपाले शान्तिपूर्ण प्रदर्शन गरिरहेको छ ।