पोखरा ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमडाौँले अनुमति दिएको छ ।
प्रसाईँलाई मंगलबार प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईँले नक्कली डकुमेन्ट बनाएर सामाजिक सञ्जालमा भ्रम छरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
दुर्गा प्रसाईंले सोमबार निज निवासमा पत्रकार सम्मेलन गर्दै केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफ्नो फेसबुक अकाउन्टमार्फत सो अभिव्यक्तिलाई पुष्टि गर्न केही कागजात समावेश गरेर भिडियो सामाग्री बनाएर अपलोड गरेका थिए ।