डिजेल र मट्टितेलको मुल्य बढ्यो, पेट्रोलको स्थिर
जन्मभुमि खबर ,
पोखरा ।
डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ ।
पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।