जन्मभुमि खवर ,
पोखरा ।
कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।
कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए ।
जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो ।
मृतक ६ जनाको पहिचानः
१) दसकला शाही, पलाता गाउँपालिका कालीकोट–६
२) पदम बम, पलाता गाउँपालिका
३) भगवति रोकाया, पलाता गाउँपालिका
४) गणेश शाही, पलाता गाउँपालिका
५) छाया शाही, वडा नं. ५, पलाता गाउँपालिका
६) दमन रोकाया, वडा नं. ३, पलाता गाउँपालिका
घाइते १३ जनाको विवरण:
१) केशब थापा, पलाता गाउँपालिका कालीकोट –६
२) किशोर थापा, पलाता–६
३) विजय थापा, पलाता–६
४) रिदम शाही, पलाता–६
५) प्रतिक्षा शाही, पलाता–६
६) आशिष रोकाया, पलाता–६
७) भुपेन्द्र रोकाया, पलाता–६
८) दान बहादुर रोकाया, वडा नं. ३, पलाता
९) निर्मला रोकाया, पलाता–६
१०) जगत रोकाया, पलाता–६
११) चालक धनिराम रावत (वतन नखुलेको)
१२) दोलि बिक, वडा नं. ५,
१३) आयुशा बिक, वडा नं. ५
घाइते सबैलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको छ ।
यसअघि टेलिफोनमा समस्या आएका कारण दुर्घटनाको क्षतिबारे फरकफरक विवरण बाहिर आएका उनले बताए । पलाता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायका अनुसार वडा नम्बर ३ राडुनेटाबाट सोही पालिकाको वडा नम्बर ८ को थिर्पुतर्फ आउँदै गरेको बलोरो जिप काप्रेखोलामा दुर्घटनामा परेको हो ।
यसअघि तथ्य फरक पर्न गएकोमा त्यसलाई सच्याइएको छ । ( सम्पादक )