जन्मभुमि खबर ,
पोखरा ।
रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जानकारी दिए ।
सोही दुर्घटना मा परि गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो
उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गाडी काठमाडौँबाट बेताली जाँदै थियो ।
उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।