जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेको आजको बयान सकियो, आइतबार पुन: लिइने

जन्मभुमि खबर ,

पोखरा ।

रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: जारी गर्ने गरी आजलाई सकिएको हो ।

बिहान करिब साढे नाै बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता गरिसकेको छ। रविलाई काठमाडौंमा बयान सकेपछि पोखरा लगिनेछ भने त्यसपछि चितवन लगिनेछ। जिल्ला अदालत चितवनबाट पनि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।