जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएका उनलाई साइबर ब्यूरोले म्याद थपका लागि शुक्रबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईलाई बिहीबार बेलुकादेखि क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।

प्रसाईंले प्रधाननमन्त्री केपी शर्मा ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति र नक्कली कागजात सार्वजनिक गरेपछि पक्राउ परेका हुन् ।

उनीमाथी विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ ।

यसपछि उनलाई कीर्तेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।