जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेम्जामा रोकिराखेको बसलाई ट्रिपरले ठक्कर दिँदा ३ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको हेम्जामा आज बिहान गाडी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पोखराबाट म्याग्दी जाँदै गरेको बसले यात्रु चढाउँदै गरेको बसलाई सोही दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

हेम्जाको बडहरेमा सवा ८ बजेतिर ग१ख ७००२ नं। को बस रोकी यात्रु चढाउँदै गर्दा ग१ख ९१४२ नम्बर को ट्रिपरले पछाडिबाट बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी बसमा चढदै गरेकोका म्याग्दीको धौलागिरी गापा ५ बस्ने वर्ष ८४ को हर्कलाल छन्त्याल घाइते भएका छन् । उनको टाउकोमा चोट, अवस्था मध्यम रहेको र उपचारका लागि फिस्टेल अस्पताल पठाइएको छ ।

ट्रिपर चालक सिन्धुपालचोक चौतारा साँगाचोकगढी न।पा। ३ घर भएको ३१ वर्षे मनोज कटुवालको दाँया पाखुरामा चोट लागेको छ । उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

ट्रिपरमा सवार नुवाकोट घर भएका बर्ष २८ को बुद्ध घलेको दुवै खुट्टामा चोट, अवस्था मध्यम, रहेको र मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।