जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हाइड्रोपावरको हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा काठमाडौंकाे तारेकेश्वर नगरपालिकास्थित मनमैजुका ५८ उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अुनसार खनाललाई विहान १० बजेर १० मिनेटमा त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो ।

यस्तै घाइतेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, सोही नगरपालिकास्थित मनमैजुका ५२ वर्षीय रामरशण अधिकारी,  ४६ वर्षीया हरिकला खनाल, ​​​​​​५१ वर्षीया गायत्री खनाल र नागार्जुन नगरपालिका-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा रहेका छन्।

विपुल हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक भारतीले  भने,‘पाँच जनालाई ग्रान्डी अस्पतालले रिसिभ गरेको छ।’

चार पुरुष र एक महिला गरी छ जना सवार गाडी सडकबाट अन्दाजी ५० मिटर तल ओडारे खोल्चामा खसेको हो।

असोज १० देखि १३ गतेसम्म अविरलको वर्षापछि ठाउँ–ठाउँमा पहिरोले नागढु्ङ्गाको बाटो अवरुद्ध हुन थालेपछि अधिकांशले नुवाकोटको टोखा-छहरे-गल्छी सडक प्रयोग गर्ने गरेका छन्।