जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाबाट पोखरा आउदै गरेको जिप दुर्घटना, ७ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

स्याङ्जाको आँधीखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्कस्थित भित्री सडकमा सिरुबारीबाट पोखरातर्फ आउदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जीप दुर्घना भएको हो ।

जिपको ब्रेक फेल भएर सडकको कुनामा नालीमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। जिपमा चालकसहित ८ जना सवार थिए ।

घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाई, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन् । मनीषा भने सकुशल छिन् ।

उनीहरूलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको पनि प्रहरीले जानकारी  दिएको छ ।