जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यमा नयाँ कीर्तिमान

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।