जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बुद्धचोकको स्केट पार्कमा आगलागी हुँदा स्केट जुत्ता जलेर पुरै ध्वस्त

जन्मभुमि खबर ,
पोखरा ।

गएराती पोखराको बुद्धचोकमा रहेको द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति सवा ८ बजेतिर सुरु भएको आगो स्थानीय र प्रहरीको सहयोगमा दमकलबाट ९ बजे नियन्त्रणमा आएको थियो ।

उक्त पसल जिरो किमीका कृष्ण ढकाल र चाउथे बस्ने अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

फलामे ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रालिमा अचनाक बिद्युत लाइन सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगलागीबाट स्केट जुत्ता ६ सय ५० थान, कम्प्युटर ३ थान, ४३ इन्चको टिभी, जेनेरेटर, इन्भटर ब्याट्री, सिसिक्यामेरा मोनिटरसहित ८ आठ वटा र स्केट जुत्ताका पार्टस जलेको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।