जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारिकै कार्यक्रममा सहकारि ठगकै प्रबचन।

सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ।[१] प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।सन २०१२ मा सयुक्त रास्ट्र संघ महासभाले सहकारिलाइ अन्तर्राष्ट्रिय सहकारि सामाजिक तथा आर्थिक बिकासमा सहकारि उध्योग ब्यबसायको अपरिहार्यताको सन्देस दिएको छ।

नेपालमा सहकारीको इतिहास पाँच दशकभन्दा लामो भए पनि यो क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन । २०१३ साल चैत २० गते पहिलो सहकारी संस्थाका रूपमा चितवनमा ‘बखान सहकारी’को स्थापना भएको थियो । तर, नेपालका सहकारीको प्रभावकारी विकास भने २०४६ को परिवर्तनपछि मात्र भएको हो । विश्व इतिहासमा आधुनिक सहकारीको स्थापना १८औं शताब्दीमा नै भएको पाइन्छ ।

२०१० सालमा कृषि मन्त्रालयअन्तर्गत सहकारी विभागको स्थापना भएपछि नेपालमा सहकारीको अवधारणाले प्रवेश पाएको हो । २०१६ सालमा सहकारी संस्था ऐन जारी भएको थियो । २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको स्थापना भयो । २०३३ सालमा सरकारले ‘साझा कार्यक्रम’ ल्यायो । त्यसैगरी, २०३५ सालमा ‘साझा संस्था प्रशासन तथा आर्थिक नियम’ जारी गरियो । साझा केन्द्रीय कार्यालयलाई २०४८ सालमा ‘राष्ट्रिय सहकारी विकास बोर्ड’मा परिणत गरियो । २०४८ सालमा सहकारी ऐन र २०५० सालमा सहकारी नियमावली २०४९ जारी गरियो । त्यसपछि राष्ट्रव्यापी रूपमा सहकारी संस्थाहरूको स्थापना हुने क्रम बढेको हो । सहकारि रास्टृय निति २०६९ ,सहकारि  ऐन २०७४ ,नियमाबलि २०७५ ,सहकारि निर्देसिका २०७८ ,सहकारि ऐन २०७८ छन।

नेपालमा सहकारीको माध्यमबाट वार्षिक रू. १ खर्बको कारोबार हुने सहकारी विभागको अनुमान छ । गत आर्थिक वर्षको चैतसम्म सहकारी संस्थाहरूबाट वार्षिक रू. ७० अर्बको कारोबार भएको विभागले जानकारी दिएको छ । नेपालमा अहिले सहकारीको सङ्ख्या करीब २१ हजार पुगेको छ । नेपालको वित्तीय क्षेत्रमा सहकारीको योगदान करीब १३ प्रतिशत रहेको छ ।

सहकारीको उद्देश्य;

यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ।[५] सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ:

न्यायिक उद्देश्य;

उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।

आर्थिक उद्देश्य;

सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाई जात-जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरूपले आर्थिक कारोवार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।

सामाजिक उद्देश्य;

समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले मानिसहरूमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । समाजका पछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरूलाई सामुहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ।

शैक्षिक उद्देश्य;

आफ्ना सदस्यहरूको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ।

सहकारीका विशेषताहरू

सम्पादन गर्नुहोस्

१. सहकारी समुदायले गर्ने व्यवसाय हो।

२. शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।

३. सहकारीमा पूँजीको हैन सदस्यको महत्त्व हुन्छ।

४. सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ।

५. संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।

६. संस्थाले विनियमका साथै विभिन्न नीति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू सञ्चालन गरिएका हुन्छन् ।

संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।

७. संस्थापक र संचालकहरूको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ।

८. प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।

९. संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।

१०. संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।

११. नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत सङ्कलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्र मात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।

अन्तर्राष्ट्रिय अबिभाबक सम्युक्त रास्ट्र संघको महासभाले समेत महत्त्व दिएको सहकारि उध्योग ब्यबसायलाइ अबान्छित गतिबिधि गरेर गरिब जनताले बचत गरेको पैसा खाने सहकारि ठगहरुलाइ स्वोयम सहरिका सन्चालक समितिमा बसेका पदाधिकारिले प्रमुख अतिथि बनाउनु  सहकारिमा बचतकर्ता  ति गरिब जनतालाइ अपमान गरेको महसुस हुन्छ। पारदर्सिताका चर्का कुरा गर्नेहरु यो वा त्यो ढङ्गबाट फस्नुलाइ दालमा कुच काला हे भन्ने सोच्न बाध्य बनाएको छ।

लेखक

खगराज आचार्य