जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

जन्मभुमि खबर ,

पोखरा ।

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी अधिकारीका अनुसार अदालतले लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा शुक्रबार लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । यसअघि अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर रास्वपाले भने लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।