जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ को अध्यक्षमा कविराज पौडेल।

मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ एकहातेको आठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बाट कबिराज पौडेलको अध्यक्षमा १३ सदस्य संचालक समिति गठन भएको छ। जसमा अध्यक्षक मा कबिराज पौडेल, उपाध्यक्षमा टिकाराम जैसी, सचिवमा समान बहादुर गुरुङ ,कोषाध्यक्षमा भक्त बहादुर गुरुङ  सदस्यहरुमा तिलक बहादुर खड्का, सुनिता बराल,जमुना कार्की, सुमित्रा कार्की, पुष्प राज पौडेल रहनु भएको छ।यस्तै लेखा समिति संयोजक राम प्रसाद शर्मा सुवेदी सदस्य मा भोज बहादुर थापा र मिना गुरुङ रहनु भएको छ।

कार्यक्रम संस्थाले शैक्षिक क्षेत्रमा राम्रो अंक ल्याउने सुजन थापा ,प्रदिप बराल असिम न्यौपाने, मिलन भण्डारी विपिसा पौडेल, सदिक्षा भुजेल र सम्पूर्ण साहि ठकुरी , जेष्ठ नागरिक तर्फ कृष्ण कुमारी मल्ल, भुलानाथ बराल,असल कारोबारी तर्फ मधुमाया मगर,असल बचत कर्ता तर्फ रेनुका दर्जी, उत्कृष्ट कृषिक तर्फ लिलावती थापा,टिकाराम जैसी,संस्थालाई स्थापना काल देखि सहयोग गर्दै आउनु भएका तथा संस्थाको लेखा समिति का संयोजक राम प्रसाद शर्मा सुवेदी ,असल कर्मचारी तर्फ सिता देवी भण्डारीलाई सम्मान गरेको हो। कार्यक्रममा अध्यक्षबाट संस्थाको प्रशासनिक प्रतिवेदन ,कोषाध्यक्ष बाट आय व्यायको प्रतिवेदन तथा लेख समितिको प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो। कार्यक्रमको सभा अध्यक्ष संस्थाका अध्यक्ष  क्या दिल बहादुर थापा ,कार्यक्रममा को प्रमुख अतिथि वडा नम्बर २१ का अध्यक्ष दिपक प्रसाद सुवेदी रहनु भएको थियो भने कार्यक्रम संचालन सचिव कविराज पौडेलले गर्नु भएको थियो।