जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बस दुर्घटना हुँदा , दुईजनाको घटनास्थलमै मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

 

काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

वाग्मती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।