जन्मभुमि खबर ,
पोखरा ।
पटाका बनाउने क्रममा पोखरामा एक किशोर घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका–२१ फर्सेखोला रोइकेर बस्ने १७ वर्षीय असिम परियार छन् ।
आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटीले पटाका बनाउने क्रममा अचानक पड्कँदा उनी घाइते भएका हुन् । उनको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो ।
त्यहाँबाट उपचारका लागि सोमबार साँझ साढे ५ बजेतिर कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।