जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुण्य गौतममाथि रड प्रहार, आइसियुमा राखेर उपचार हुँदै

जन्मभुमि खबर ,
पोखरा ।

सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति घर फर्कने क्रममा जोरपाटीमा उनीमाथि रड प्रहार भएको हो । आक्रमणबाट सख्त घाइते भएका गौतमको टाउकोमा चोट लागेको छ ।

प्राय सामाजिक तथा राजनीतिक विषयवस्तुमाथि टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा भाइरल गौतममाथि आक्रमण भएको उनको पारिवारिक श्रोतले जनाएको छ । आक्रमणकारी प्रहार गरेको रडले उनको टाउको फुटेको छ ।

हिँडिरहेको अवस्थामा एक व्यक्तिले पछाडिबाट रड प्रहार गरेर फरार भएपछि उनलाई स्थानीयको सहयोगमा जोरपाटीकै नेपाल मेडिकल कलेजमा पुर्याइएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेका कारण उनको आइसियूमा उपचार भइरहेको छ ।

आक्रमणकारीलाई पक्राउ गरेर कारबाहीको माग गर्दै उनको परिवारले प्रहरीमा उजुरी दिएका छन् ।