जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा

जन्मभुमि खबर ,
पोखरा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।

प्रसाईंले मंगलबार नै सो रकम बुझाएर रिहा भएका हुन् ।

उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो ।

उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो ।

८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो ।