गण्डकी प्रदेशमा दिपक मनाङेले छोडेको वन मन्त्रालय पौडेललाई
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकीमा मनाङेले छोडेको गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन् । आज साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका थिए ।