जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्न अदालतको ढोकाबाट रविको उद्घोष

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा पेश गर्न लगिदैँ गर्दा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफूले कानुन र न्यायलयमा विश्वास  र सम्मान गर्ने भन्दै सरकार नियोजित र प्रतिशोधपूर्ण ढङ्गबाट फसाउन उद्धत रहेको बताए । केपी ओलीको सरकार नै निर्दोष फसाउन र आफ्नो कमजोरी लुकाउन गठन भएको भन्दै लामिछानेले केपी ओली मुक्त देश बनाउन आवश्यक रहेको बताए ।

‘म सबै जनतालाई आग्रह गर्छु । एक पटक र यो अन्तिम पटक जुट्नुस् बाहिर निस्कनुस् केपी ओली मुक्त देश बनाउन ढिला भयो भने धेरै कुरा बिग्रिन्छ,’ लामिछानेले थपे, ‘यो सरकार अधिनायकवादी छ, यो सरकार नढलेसम्म सबैले झुटो मुद्दा भोग्नु पर्छ । ’

पोखरा र देशभरका जनता यिनीहरूको सत्ता अन्त्यका लागि जुट्नु पर्ने उनले बताए