जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

लमजुङको सारिङबाट सदरमुकाम बेसीसहर जाने क्रममा यात्रुवाहक जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ।  उनीहरूको टाउकोमा चोट छ। बाँकी घाइतेहरूको उपचार बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए ।

उनका अनुसार, ग १ ज ८५५१ नम्बरको जिप बिहान ११ः२० बजे मकैडाँडा मोड भन्ने स्थानमा दुर्घटना भएको हो ।

क्षमताभन्दा बढी यात्रु रहेको जिप घुम्तीको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिपका चालक बेसीसहर- ६ का ५८ वर्षीय कृष्णबहादुर रिमाल सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घाइतेहरूमध्ये बेसीसहर-७ का ४० वर्षीय राजु रिमाल, बेसीसहर-६ का ४० वर्षीया विमला अधिकारी, ३६ वर्षीय केशव विक, ५ वर्षीय असीम विक, १९ वर्षीया सुमना सेन्चुरी, ४५ वर्षीय राधा रिमाल र ४७ वर्षीया विमला कार्कीको अवस्था मध्यम खालको छ ।

बेसीसहर-३, गाउँसहरका ३० वर्षीया सृजना भुजेल, ८ वर्षीय विवश भुजेल, २१ वर्षीय विकास भुजेल, बेसीसहर-६ का २९ वर्षीया सुविसा थापा, २४ वर्षीय राजेस बस्याल, २४ वर्षीया निशा भण्डारी, ३ वर्षीय रियान बस्याल, ३५ वर्षीय भवीश्वर भण्डारी, १६ वर्षका कृतन भण्डारी, १९ वर्षीया सुस्मा रिमाल, ४१ वर्षीय राजेन्द्र रिमाल, १३ वर्षीया सोनिया सेन्चुरी र ४५ वर्षीया राधा रिमालको अवस्था सामान्य छ ।