जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोजेको मन्त्रालय नपाएपछी दिपक मनाङेले दिए राजिनामा

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकीमा एमाले प्रवेश गरेपछी मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा  मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको मनाङेले जानकारी दिए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए ।

मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेको उल्लेख बताए ।

‘मैले त हिजै लिँदैन भनेको हुँ । यिनीहरूले मेरो नाम राखिदिएछन् । तल्लो मनाङको भाइ (मुनिन्द्रजंग गुरुङ) लाई मन्त्री देऊ भनेको हुँ’, उनले भने ।

आइतबार मात्र गण्डकीमा मन्त्रालयको संख्या सातबाट नौ पुर्‍याउने र एमालेलाई चार मन्त्रालय दिने निर्णय भएको थियो ।

एमालेबाट बनेका नयाँ मन्त्रीहरूमध्ये पद्मा जीसीले कृषि, कृष्ण पाठकले स्वास्थ्य, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र प्रकाश केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङ अर्थ, विन्दु थापा सामाजिक विकास र नेपाल समाजवादीका फणिन्द्र देवकोटा उर्जा मन्त्रालयको जिम्मेवारीमा छन् ।