जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्र कुन्ज पोखरा च्याप्टर द्वारा सहयाेग

पोखरा ।  मित्र कुन्ज पोखरा च्याप्टरले पोखरा महानगरपालिका वडा नं. २३ मार्गी स्थित फेवा आधारभुत विद्यालयमा विद्यार्थीहरूलाई शुद्ध पिउने पानिका लागि युराे गार्ड, प्राथमिक स्वास्थ सामग्रि तथा खेलकुद सामाग्रीहरू वितरण गरेको छ ।

प्रमुख अतिथि विजयराज आचार्यको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक मित्र कुन्ज पाेखरा च्याप्टरका अध्यक्ष ई. तेजनाथ न्याैपाने ले जानकारी दिए ।

सो अवसरमा आचार्यले विद्यालयमा सहयोग गरेर मित्र कुन्जले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए।उनले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रुपमा अघि बढाउन सुझाव दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर गुरूङले मित्र कुन्जद्वारा प्रदान गरिएको सहयोग विद्यार्थीका लागि महत्वपूर्ण हुने बताए ।

मित्र कुन्जका पूर्वअध्यक्ष ई. सुरेश प्रसाद श्रेष्ठ, सचिव ई.लक्ष्मि प्रसाद त्रिपाठी अध्यक्ष ई. तेजनाथ न्यौपानेले मित्र कुन्जले विगतका वर्षमा पनि यस्तै रचनात्मक कार्य थुप्रै गर्दै आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत सचिव त्रिपाठीले र सञ्चालन प्र.अ. कलिमाया लामिछानेले गरेका थिए ।

कार्यक्रममा विद्यालय अभिभावक संघका अध्यक्ष चित्र बहादुर गुरूङ मित्र कुन्जको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा अभिभावकहरूकाे सहभागी थिए ।

मित्र कुन्ज पुर्व साेभियत संघबाट उच्च शिक्षा प्राप्तगरी स्वदेशमा नै विभिन्न पेशामा आवद्ध व्यक्तिहरूकाे संस्था हाे ।