जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दिल्लीमा पक्राउ परेका इमेज सहकारीका अध्यक्ष र सुर्यदर्शन सहकारीका उपाध्यक्षलाई ल्याइयो काठमाडौं

जन्मभुमि खबर ,
पोखरा ।

दिल्लीमा पक्राउ परेका इमेत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीका अनुसार उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन्। उनीसँगै ओमबहादुर नेपालीलाई पनि पक्राउ गरेको हो। उनीहरू दुबै जना शनिबार काठमाडौं आइपुगेका हुन्।

ओमबहादुर नेपाली सूर्यदर्शन बचत सहकारीका उपाध्यक्ष समेत हुन्।

इमेज सहकारीमा ८ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । देवकुमारविरुद्ध गत वर्ष माघ १० गते रेडकर्नर नोटिस समेत जारी भएको थियो ।

उनीहरूविरूद्ध दुई अर्ब रकम अपचलनको आरोप छ। थप अनुसन्धानका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको छ ।