जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य हालसम्मकै उच्च

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको जनाएको छ।

महासंघका अनुसार छापावाला सुनको मूल्य आज एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजारमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको एक हजार सात सय ९५ पुगेको छ।