जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय बाल दिवसमा बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण

जन्मभुमि खबर ,
पोखरा ।

चिल्ड्रेन नेपालको आयोजनामा राष्ट्रिय बाल दिवस २०८१ को अबसरमा चिल्ड्रेन नेपालले बिद्यालय पढ्न सहयोग गरेका ३१ जना बालबालिकाहरुको निम्ति बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

“बालबालिकामा लगानी सुनिश्चित भबिश्यको थालनी” भन्ने मुल नाराका साथ बिभिन्न गतिबिधि गरेर मनाइएको राष्ट्रिय बालदिवसमा बाल स्वाबलम्बन समुहका बालबालिकाहरुबाट लागु पदार्थ दुब्र्यसनि र यसको प्रभाब बिषयमा कचहरी नाटक प्रस्तुत गरिएको थियो । नाटक प्रस्तुती पश्चात अभिभाबकहरुले यस नाटकले समुदायमा सचेतना फैलाउन महत्वपुर्ण भुमिका रहने कुरा बताएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आथित्यतामा भएको थियो । प्रमुख अथिति पौडेलले राष्ट्रिय बाल दिवसको अबसरमा सम्पुर्ण बालबालिकाहरुलाई शुभकामना दिर्दै चिल्ड्रेन– नेपालले बालबालिकाहरुको शिक्षा, स्वस्थ्यमा गरेको लगानीलाई बालबालिका र अभिभाबकले सहि सदुपयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए , संस्थाले गरेको कामको प्रशंसा गर्दै सहकार्य र समन्वयमा जोड दिए । बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेकी थिइन ।

सिर्जनशिल बाल स्वाबलम्बन समुहका कुशलता परियारले हामी सबै सरोकारवालाले बालबालिकाहरुका बिषयमा संबेदिनशिल बन्न सकेमा बालदिवस मनाउनुको सार्थकता हुने बताउनु थिए ।

चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक शिब शर्मा चापागाईको अध्यक्षतामा भएको थियो । शिब शर्मा चापागाइले बाँच्न पाउनु बालबालिकाको पनि जन्मसिद्ध अधिकार हो ,बालबालिकालाई बचाउने जिम्मेवारी सम्पूर्ण अभिभावक, समुदाय र सरकारको हो ,बाल अधिकारको सिद्धान्तले बालबालिकाको दीर्घ जीवन र विकासको अधिकारलाई सुनिश्चित गर्दछ भन्ने बिषयमा चिल्ड्रेन नेपाल सधैं साथसाथ रहने कुरामा जोड दिएका थिए । कार्यक्रमको संचालन सह संयोजक रमेश सुबेदीले गरेका थिए ।