जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानिसले आफ्नो स्वोभाबको बैगुनि प्रबृति अपराधलाइ किन सुधार्न सकेन ?

नेपालमा बहुदलिय ब्यबस्था आएपछि भन्दा ०६२/०६३ पस्चातको लोकतन्त्र आएपछि अपराध बड्यो ? किन बड्यो ? यस्को इतिहास कस्तो छ ? अपराध शास्त्र सग सम्बन्धित सिद्धान्तहरुले के भन्छ हेरौ है त !


हिजोको मानिसको त कुरा नगरौ ।किनकि लेख लामो हुन्छ।आजको मानिसको कुरा गरौ हैत ।आजको मानिसले अणुलाइ चिर्न सक्ने ,हृदय परिबर्तन गर्न सक्ने ,बिस्वको कुना कुनामा सम्पर्क गर्न सक्ने, आकाश चाहार्न सक्ने, समुन्द्र भित्र शहर बनाउन सक्ने ,अन्तरीक्षमा बस्ति बसाल्न प्रयत्न गर्ने भैसक्ता पनि आफ्नो स्वोभाबको बैगुनि प्रबृतिलाइ सुधार्न किन सकेन प्रस्न यहि हो।प्रबिधिमा फड्को मारेको यो सभ्य दुनियामा आफै भित्रको यो बैगुनि स्वोभाब जसलाई अपराध
भनिन्छ यसले मानब सभ्यतामा ल्याएको चुनौति र दुर्भाग्य भन्दा ठुलो केहि देखिएन ।यस बैगुनि स्वोभाबलाइ गरिब देखि धनि सम्मले , अभाब भएको देखि सम्पन्न भएको मानिसले किन प्रयोग गर्छ ? केहि सिद्धान्तहरुले के भन्छ हेरौ ;
१. शास्त्रीय सिद्दान्त भन्छ कि ” मानिस अपराध गरेर भएपनि सुखि हुन चाहन्छ।अत : उसलाई अपराधबाट टाडा राख्न स्पस्ट कानुन र सन्तुलित दन्ड प्रणालि आबस्यक छ”।
२. स्वोतन्त्र इछ्याको सिद्धान्त :यस सिद्दान्त अनुसार अपराध मानिसको स्वोतन्त्र सिदान्तको परिणाम हो।सोरौ र सत्रौ सताब्दिमा यो सिद्दान्तको बिकास भएको थियो।हब्स ,लक ,मन्टेस्क्यु ,भोल्टेर, रुसो जस्ता प्रकृतिबादि बिध्वानहरुले यस मतको समर्थन गरेका थिए ।उनिहरुले भन्छन कि मानिस बुद्दिक प्राणि हो।के गर्न हुने नहुने बारे सोच्न सक्छ।आफ्नो स्वोतन्त्र इछ्या अनुसार असल वा खराब बाटोमा लाग्न सक्छ।बस्तबमा उसले सुख खोजिरहेको हुन्छ।उस्लाइ अपराधबाट टाडा राख्न कठोर दन्डको भय वा डर आबस्यक छ।दन्डको बारेमा कानुनमा स्पस्ट उल्लेख हुनु पर्छ।न्यायधिसले स्वबिबेकिय अधिकार प्रयोग गर्न हुदैन।अदालति कारबाहि छिटो छरितो र सार्बजनिक रुपमा खुल्ला हुनु पर्छ।गोप्य अभियोग लगाउने र गोप्य कारबाहि गर्न हुदैन।कसुरको अनुपात मिलाएर दन्डको ब्यबस्था हुनुपर्छ।
३. भौगोलिक सिद्दान्त: यस सिद्दान्त अनुसार जाडोमा भन्दा गर्मिमा सम्पति बिरुद्दका अपराध हुने र गर्मिमा जिउ ज्यान सग सम्बन्धि अपराध हुने गर्छ भनिन्छ।
# अपराधका बारेमा मार्क्स भन्छन कि “पुजिबादि अर्थब्यबस्थामा समाज सम्पन्न र बिपन्नमा बाडिने हुदा निरन्तर सङ्रस चलि रहन्छ ।यहि नै सम्पुर्ण अपराधको बिउ हो”।
#  एग्गेल्स भन्छन कि” जसरि निस्चित तापक्रममा पानी उम्लन्छ त्यसै गरि निस्चित हदसम्म गरिबिको शोसण भएपछि उस्मा पैदा हुने नैतिक पतनले अपराध जन्माउछ”।
अब सन्धर्भ ०६२/०६३ को आन्दोलन पछि आएको लोकतन्त्र पछि नेपालमा अपराध किन बड्यो? ठ्याक्कै यि अन्य यस्तै सिद्दान्त र बिस्वो अनुभबबाट प्राप्त बिसयमा हाम्रो राजनिति र सरकार केन्द्रत भएन भन्न सकिन्न र?
# यि अध्ययन ले पनि के बताउछ भने अपराध नियन्त्रणका लागि स्पस्ट कानुन र स्पस्ट दन्ड हुनु पर्छ।
# मानिसको स्वतन्त्र इच्छ्यालाइ नियन्त्रण गर्न कठोर दन्ड सजायको पनि आबस्यक छ।
# धेरै दमन गरेर गरिबि बडाएमा सहन सकिन्जेल त सहन्छ सहनै नसक्ने भएपछि नैतिक पतन हुनु सग कुनै सरोकार नगरि अपराध गर्न थाल्छ।
अपराधका नया नया ढाचा र स्वोरुप , कर छल्ने, भ्रष्टाचार ,खाध्यान्न र औसधिमा मिसावट, कालो बजारि, चोरि निकासि ,बिभिन्न प्रकृतिका ठगि अपराध ,प्रशासनिक निकायमा साठगाठ , सेटिङ्ग, तथ्य र तथ्यान्क फरक आदि धेरै अपराधहरु बड्नमा मानिसको स्वोभाबको बैगुनि प्रबृति अपराध बड्नुमा कानुनि शासनको अभाब नै हो भन्ने निस्कर्स निस्काल्न सकिन्छ।

लेखक

खगराज आचार्य