जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा

जन्मभुमि खबर ,

पोखरा ।

 

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा ल्याइने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन गरिनेछ ।

स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका निम्ति गएको असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालित केबलकार डिजिटलमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अीिट्रयाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यो केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेसमा छ ।