जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।
त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि आग्रह गरिएको छ ।
यस्तो छ प्राधिकरणले जारी गरेको विज्ञप्तिः