जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पार्किङ्गमा राखिएको सवारी तोडफोड गर्ने दुई जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ चोरसाँघु नजिक पार्किङ्ग गरि राखिएको ग १ च १७२६ नम्बरको पिकअप भ्यान बिहीबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिका-३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

उनीहरूले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।