जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्व डीआइजी जोशी कास्की अदालतमा उपस्थित

जन्मभुमि खबर ,

पोखरा ।

 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।

पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुख स्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैर कानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगी सम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरिएको हो ।