जन्मभुमि खबर ,
पोखरा ।
सहकारी प्रकरणमा पक्राउ परेका पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएका जोशिलाई जिल्ला अदालतल कास्कीले पहिलो पटक ५ दिनको म्याद दिएको थियो । प्रहरीले उनीमाथिको अनुसन्धान नसकिएको भन्दै १० दिनको म्याद थप मागेपनि अदालतले दोस्रो पटक ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।