जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई स्वागत गर्ने कार्यक्रम सुरक्षाको कारण जनाउँदै स्थगित

जन्मभुमि खबर ,
पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई न्युयोर्कमा स्वागत गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको बताएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, समित अफ् द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ,’ नेपाली महावाणिज्यदूतावासले जारी गरेको सूचनामा भनिएको छ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा छन्। प्रधानमन्त्री ओली र परराष्ट्रय मन्त्री राणालाई आज नेपाली समूदायले स्वागत गर्ने कार्यक्रम राखेको थियो।