जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुईवटा बस त्रिशूलीमा खसेकै ठाउँबाट ट्रक नदीमा खस्यो , चालक र सहचालक सम्पर्कविहीन

जन्मभुमि खबर ,
पोखरा ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आज बिहान खाने तेल बोकेर सिमराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९, पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।

यसअघि यही ठाउँबाट दुईवटा बस त्रिशूलीमा खसेको थिए ।