जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तारा एयरले पोखरा–जोमसोम उडान गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

तारा एअरले प्रतिकुल मौसमका कारण बन्द गरेको पोखरा–जोमसोम नियमित उडान मंगलबार (भदौ १८ गते) बाट नियमित गर्ने भएको छ ।

पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको तारा एयरले जनाएको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्टबाटै सञ्चालन हुनेछ ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ।

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकह–का लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्।