जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बस दुर्घटना, ११ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा बुधबार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको तनहुँ प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बस पुलबाट खहरे खोल्सामा खसेको हो ।

गाडीमा सवार १५ जनालाई नै स्थानीय अस्पताल लगिएकोमा ११ जना घाइते भएको डीएसपी रायले जानकारी दिए । उनले घाइतेमध्ये २ जना डिस्चार्ज भएको र एक जनालाई नारायणी अस्पताल लगिएको बताए । उनले अन्य घाइतेहरूको अवस्था पनि सामान्य रहेको बताए ।