जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा नदीले बगाएका बालक अझै भेटिएनन्

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारीअनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबार बेपत्ता भएका छन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।

घरबाट विद्यालय जान्छु भनी हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो ।

सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घटना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न नसकेको उनले बताए ।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए ।