जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिमलतालमा बस र ट्रक ठोक्किए

जन्मभुमि खबर ,

पोखरा ।

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।दुर्घटनामा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक, सहचालक र अन्य एकजना छन् । तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ ।

बसमा सवार अन्य कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालका अनुसार बसका चालक फरार छन्। 
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिए ।