जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा एमालेलाई भाग पुर्याउन मन्त्रालय फुटाएर ७ लाई ९ वटा बनाइयो

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा एमाले र कांग्रेसलाई भाग पुर्याउन मन्त्रालय फुटाएर ९ वटा बनाइएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

मन्त्रालय फुटाउने निर्णय गरेसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस अघि मन्त्रालय एउटै भएपनि दुईवटा संगठन संरचना भएका मन्त्रालयहरु फुटाएको प्रतिक्रिया दिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

अब ४ मन्त्री एमाले सरकारमा सहभागी हुने छ । मन्त्रालय फुटाएपनि एमाले र कांग्रेसबिच कुन कुन मन्त्रालय रोज्ने भन्ने टुंगो लागेको छैन ।