जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा एमालेका चार मन्त्रीले लिए सपथ , मनाङे लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आइतबार मात्र गण्डकीमा मन्त्रालयको संख्या सातबाट नौ पुर्‍याउने र एमालेलाई चार मन्त्रालय दिने निर्णय भएको थियो ।

सो अनुरुप एमालेले चार मन्त्रीको नाम टुंग्याएको हो । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट बनेका नयाँ मन्त्रीहरूमध्ये पद्मा जीसीले कृषि, कृष्ण पाठकले स्वास्थ्य, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र प्रकाश केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङ अर्थ, विन्दु थापा सामाजिक विकास र नेपाल समाजवादीका फणिन्द्र देवकोटा उर्जा मन्त्रालयको जिम्मेवारीमा छन् ।