जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

प्रतिताेला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला एक लाख ५६ हजार आठसय रुपैयाँ पुगेको हाे। सुनकाे याे मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो।

शुक्रबार अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुन आज थप महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय पुगेको छ।

शुक्रबार चाँदीकाे मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियाे। आजा चाँदी ताेलामा ४० रुपैयाँ बढेकाे हाे।