जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने दुई जना पोखरामा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा ‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा सादा पोशाकका प्रहरी (सिआइडी) भनी डर त्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय सन्दीप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् । सोधपुछका क्रमका उनीहरुले प्रहरीलाई समेत अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानुनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत अभद्र व्यवहार गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दा चलाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।